१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शुक्रराजका विद्यार्थीलाई ज्याकेट वितरण



बिर्तामोड-व्यवसायी सञ्जीव घोषले बिर्तामोड–८ स्थित शुक्रराज आधारभूत विद्यालयमा आइतवार ज्याकेट वितरण गरेका छन् । उनले आर्थिक अवस्था कमजोर भएका समुदायका बालबालिकालाई ज्याकेट वितरण गरेका हुन् ।

पूर्व विद्यार्थी तथा अधिवक्ता स्वागत नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । घोषले ज्याकेट वितरणसँगै विद्यार्थीलाई निःशुल्क दिवा भोज पनि खुवाएका छन् ।

बालरोग विशेषज्ञ डा. रविन रेग्मीले विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि निशुल्क वितरण गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार ००:००  १० : ११ बजे