१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एकपछि अर्काे व्यवसायमा लागिन् सञ्चारकर्मी अनमोल



बिर्तामोड- लोकप्रिय सञ्चारकर्मीको रुपमा चिनिएकी लीला अनमोलले एकपछि अर्काे गर्दै व्यवसायिक क्षेत्रमा पनि हात हालेकी छन् । दुई दशक लामो सञ्चार यात्रालाई निरन्तरता दिँदै उनले आफूलाई व्यवसायिक क्षेत्रमा पनि उभ्याएकी हुन् ।

सञ्चारकर्मी अनमोलको नारी संसार नामक पसल मंगलवारदेखि सञ्चालनमा आएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटीले रिवन काटेर पसलको औपचारिक रुपमा शुभारम्भ गरेका छन् ।

व्यवसायिक साझेदारीमा शुक्रवारदेखि आफूले अर्काे व्यवसायमा पनि हात हालेको सञ्चारकर्मी अनमोलले बताइन् । यसअघि उनले बिर्तामोडमा अमृतभोग नामक मिठाइ पसल पनि सञ्चालनमा ल्याएकी थिइन् ।

बिर्तामोडको मेगा कम्प्लेक्समा सञ्चालनमा ल्याइएको नारी संसारमा अनमोल र अर्की व्यवसायी योगिता खपांगीको संयुक्त लगानी छ ।

महिला दिदीबहिनीका लागि फेन्सी साडी, कुर्ता सेट, वनपिस, कुर्ती, टप्स, टीसर्ट, जिन्सका विभिन्न आइटम, जुम्बा सेट, फिटनेस सेट, स्वीम सुट लगायत लेडिज आइटमहरु उपलब्ध रहेको सञ्चालक खपांगीले बताइन् ।

उद्घाटनका अवसरमा तीन दिनसम्म विशेष छुटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार ००:००  ४ : २८ बजे