१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मंगलादेवीको स्मृतिमा महिला संघ झापाको विचार गोष्ठी



बिर्तामोड- नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसर पारेर नेपाल महिला संघ झापाले विचार गोष्ठी आयोजना गरेको छ ।

विचार गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकालले पार्टी नेतृत्वले समान अधिकार दिएर महिलाहरुलाई अघि बढाउनु पर्ने बताइन् ।

कार्यक्रमका विशेष अतिथि गोमादेवी भट्टराईले महिलालाई निर्णायक बैठकमा नराखिने गरेको बताउँदै अझै पनि समाजले महिला नेतृत्वलाई पूर्ण रुपले स्वीकार नगरेको धारणा राखिन् ।

कार्यक्रमका विशेष अतिथि देउकुमार थेवेले महिला संघलाई गाउँ÷नगर, वडासम्म विस्तार गरेर सक्रिय बनाउन आग्रह गरे।

कार्यक्रममा संघकी केन्द्रीय सदस्य उमा शिवाकोटी, संघ झापाकी पूर्व सभापति यज्ञकुमारी सिटौला, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, मिरा खड्का, झापा सचिव कृष्ण हुमागाई लगायतले बोलेका थिए ।

नेपाल महिला संघ झापा अध्यक्ष टीकादेवी सिटौलाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव उर्मिला ढकालले गरेकी थिइन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  ५ : २३ बजे