१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मणिपुर हिंसाबाट विस्थापित भएकाहरु काँकडभिट्टा नाकाबाट नेपाल छिर्दै



काँकडभिट्टा- भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत तीन महिनादेखि जारी जातीय हिंसाबाट विस्थापित भएकाहरू नेपाल भित्रिने सम्भावना बढेपछि पूर्वीनाका काँकडभिट्टामा सुरक्षा निगरानी बढाइएको छ ।

सीमावर्ती सुरक्षामा खटिएका प्रहरीले उनीहरुमाथि निगरानी गरिरहेका हुन् । आन्दोलनबाट विस्थापित भएकाहरु आएको कुनै सूचना नभए पनि नेपाली भाषी मणिपुरेहरु भने धमाधम नेपाल प्रवेश गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

मणिपुरबाट आफन्त भेट्न भन्दै दैनिक आठ दश जना नेपाली भाषी काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्न थालेपछि सीमा नाकामा उनीहरुको विवरण राख्न थालिएको काँकडभिट्टा प्रहरीका डीएसपी दीपक भारतीले बताए ।

अहिले मणिपुर हिंसा भारतीय राजनीतिको केन्द्रमा छ । गत ३ मेदेखि मैतेई र कुकी समुदायबीच चलेको हिंसाका कारण मणिपुर अशान्त र तनावग्रस्त हुँदै आएको हो ।

मणिपुरमा करिब ५० हजार नेपालीभाषी रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार ००:००  ८ : १२ बजे