१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चोरी मुद्दाका फरार अभियुक्त आलम पक्राउ



बिर्तामोड-जिल्ला प्रहरी कार्यालय झापाले चोरी मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर १० घर भएका २८ वर्षीय मोहम्मद आलम छन् ।

झापा जिल्ला अदालतले चोरी मुद्दामा गत असार ३ गते आलमलाई तीन वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय धुलाबारी समेतको सहयोग लिएर आलमलाई पक्राउ गरेको हो ।

शुक्रबार जिल्ला अदालतमा पेश गरिएका आलमलाई आदेश अनुसार कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । ‌

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ००:००  ९ : ४४ बजे