झापा– भारतले नेपाललाई १५ वटा मुर्रा राँगा दिने घोषणा गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा भारतले गरेको घोषणा अझै पूरा भएको छैन् ।
मुर्रा राँगा ल्याउने टोली कहिले भारतले बोलाउला भनेर खुट्टा उचालेर बसेको छ । तर, साउनमा दिने भनिए पनि भारतले अहिलेसम्म बोलाएको छैन् ।
पशु सेवा विभागकी पूर्व महानिर्देशक सम्झनाकुमारी काफ्लेसहित चार जनाको टोली तम्तयार अवस्थामा रहेको विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी बताए ।
नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, नेपालगञ्ज र लहानमा व्यवस्थापन गरी वीर्य उत्पादन गरिने विभागले जनाएको छ ।