विराटनगर-हतियारसहित मोरङबाट प्रहरीले तीन जनालाई समातेको छ । शुक्रवारराति र शनिवार बिहान उनीहरु समातिएका हुन् । धनपालथान गाउँपालिकाबाट शुक्रवारराति प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।
कर्सियाको भित्री सडक खण्डमा पार्किङ गरी राखेको स्करपियोमा प्रहरीले हतियार फेला पारेको हो ।
बीआर ०६ पिए १३६२ नम्बरको सेतो रंगको स्करपियो गाडी चेकजाँच गर्ने क्रममा गाडीको ड्यासबोर्ड भित्र लुकाई छिपाई कालो कपडामा बेरी राखेको कटुवा पेस्टोल १ थान र सोको ३ राउण्ड गोली बरामद भएको थियो ।
प्रहरीले स्करपियो चालक सर्लाही हरिपूर्वा नगरपालिका ७ का २७ वर्षीय रविन्द्र कुमार यादवलाई शुक्रबार नै नियन्त्रणमा लिएको हो ।
गाडीमा सवार सोही ठाउँका २० वर्षीय कमलेश कुमार यादव र महोत्तरी गौसलाका २२ वर्षीय राम दयाल यादवलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।