१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मोटरसाइकल दुर्घटनामा खतिवडाको मृत्यु



बिर्तामोड-झापाको हल्दीबारी-१ काजली चोकस्थित भित्री सडक खण्डमा आइतबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कचनकवल गाउँपालिका-३ का २२ वर्षीय भवानीप्रसाद खतिवडा रहेका छन् ।

बीएण्डसी हस्पिटलको सघन कक्षमा उपचार भएका खतिवडाको सोमबार बेलुका मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । खतिवडाको टाउकोमा चोट लागेको थियो ।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय शिवलाल कार्कीको पनि अवस्था गम्भीर छ । मे १० प ६५ १५ र मे ८ प ८१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार ००:००  १ : ४२ बजे