बिर्तामोड-प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित झापाको अर्जुनधारा–११ का निर्मल बुढाथोकी शुक्रवार अपरान्ह पक्राउ परेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय बुढाथोकीलाई पक्राउ गरेको हो ।
शंका लागेर खानतलासी गर्दा बुढाथोकीको साथमा पाँचग्राम एकसय मिलिग्राम ब्राउन सुगर भेटिएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए । प्रहरीले एकथान मोवाइल र १५ हजार नगद पनि फेला पारेको छ ।
शनिश्चरे प्रहरीले थप अनुसन्धान र आवश्यक कानुनी कार्वाहीका लागि बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा पठाएको छ ।