१ असार २०८३, सोमबार | Mon Jun 15 2026

ब्राउन सुगरसहित अर्जुनधाराका बुढाथोकी पक्राउ



बिर्तामोड-प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित झापाको अर्जुनधारा–११ का निर्मल बुढाथोकी शुक्रवार अपरान्ह पक्राउ परेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय बुढाथोकीलाई पक्राउ गरेको हो ।

शंका लागेर खानतलासी गर्दा बुढाथोकीको साथमा पाँचग्राम एकसय मिलिग्राम ब्राउन सुगर भेटिएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए । प्रहरीले एकथान मोवाइल र १५ हजार नगद पनि फेला पारेको छ ।

शनिश्चरे प्रहरीले थप अनुसन्धान र आवश्यक कानुनी कार्वाहीका लागि बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा पठाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार ००:००  ७ : ५८ बजे