१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

झापाको बुद्धशान्तिमा हात्तीको आक्रमणबाट महिला घाइते



बिर्तामोड-जंगली हात्तीको आक्रमणबाट आज बिहान झापाको बुद्धशान्तिमा एकजना महिला घाइते भएकी छन् । बुद्धशान्ति–५ धिमाल गाउँकी ३८ वर्षीया कमला धिमाल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते धिमाललाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ । आज बिहान मात्रै झापाको धुलावारीमा हात्ती आक्रमणमा भारतीय नागरिक ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार ००:००  ९ : २५ बजे