बिर्तामोड- लामो समयदेखि २२ जना प्रहरी विभागीय सम्पर्क बाहिर छन् । प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म २२ जना सम्पर्कबाहिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले सम्पर्कबाहिर रहेका प्रहरीलाई सातदिनभित्र सम्पर्कमा आउन सूचना जारी गरिएको बताए । सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने प्रहरीको तयारी छ ।
प्रहरी सहायक निरीक्षक जेम्सहाङ सोदेम्बा, प्रहरी हवल्दार डम्मरनारायण चौधरी, लोकबहादुर गौतम, सहायक प्रहरी हवल्दारमा नारायण पोखरेल, राजकुमार थारु, सुनिता चौधरी र भुपाल क्षेत्री सम्पर्क बाहिर छन् ।
प्रहरी जवानहरु टोपेन्द्र शाही, विकेश प्रजापति, प्रदीप रोका, श्यामसुन्दर यादव, रामकृष्ण वली, जनकसिंह साउद, राजन राई, विशाल थापा, विश्वप्रकाश विक, युवराज अर्याल, सुजन गुरुङ, हेमराज महतोे, प्रकाश कुँवर, नीरज बढई र वसन्त ढकाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।