११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

केन्द्रीय कमिटीको आकार घटाउने माओवादी केन्द्रको तयारी



बिर्तामोड-नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार घटाउने तयारी गरेको छ । जम्बो केन्द्रीय कमिटी बनाएको माओवादी अन्तत सङ्ख्या घटाउने कसरतमा जुटेको हो ।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले माओवादी केन्द्रीय कमिटीको आकार एक चौथाइभन्दा सानो बनाउन प्रस्ताव गरेको छ ।

अहिले माओवादी केन्द्रीय समिति सातसय भन्दा ठूलो छ । आगामी शनिबारदेखि विधानको मस्यौदाका विषयमा छलफल हुन लागेको हो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार ००:००  ७ : ५१ बजे