१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ



बिर्तामोड–लागूऔषध ब्राउनसुगरसहित झापाको बुद्धशान्तिका सुरज थेबे र शिवसताक्षीका अमृत श्रेष्ठ आइतवार दिउँसो पक्राउ परेका छन् । काँकडभिट्टा नाकाबाट प्रहरीले उनीहरुलाई समातेको हो ।

भारतबाट आउँदै गरेका उनीहरुलाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा थेबेले कट्टुभित्र लुकाएको अवस्थामा चार ग्राम ५०० मिलिग्राम ब्राउन सुगर भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार ००:००  ९ : ५० बजे