१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

किशोरीलाई बाँधेर बलात्कार, चारजना युवा प्रहरी फन्दामा



राजविराज-किशोरीलाई बाँधेर बलात्कार गरेको अभियोगमा चारजना युवा पक्राउ परेका छन् । पीडित परिवारको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई मंगलवार समातेको हो ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा १७ वर्षीया किशोरीलाई बाँधेर चारजना युवाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय ठेलियाले जनाएको छ ।

पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का युवा छन् । असार २९ गते राति ८ बजे किशोरीलाई नियन्त्रणमा लिएर उनीहरुले बलात्कार गरेको प्रहरीको दावी छ ।

आरोपीहरुलाई मंगलबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार ००:००  ८ : ३० बजे