दमक-उर्लावारी आगलागी घटनाका अर्का घाइतेको पनि मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको मृत्यु भएको हो ।
यसअघि उक्त घटनाका घाइते तपन दासको मृत्यु भएको थियो । बुधवारराति दाहालको मृत्यु भएको मोरङ प्रहरीले पुष्टि गरेको हो । घाँटी, छाती, दुवै हात र दुवै खुट्टामा गरी प्रायः शरीर जलेको अवस्थामा दाहाल उपचार गराइरहेका थिए ।
कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी–७ का दीपक कार्कीको सुन पसलमा आगलागी भएको थियो । आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।


















