१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पूर्व प्रदेश प्रमुख यादवको निधन



सिराहा-लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवको मङ्गलबार निधन भएको छ । सिराहाको सुखीपुरस्थित निजी निवासमा यादवको ७० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।

पुराना कम्युनिस्ट नेता यादवलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कार्तिक २८ गते लुम्बिनी प्रदेशको प्रमुखमा नियुक्त गरेकी थिइन् । उनको बुधबार दाहसंस्कार गरिने भएको छ ।

शिक्षकको स्थायी जागिरेबाट राजीनामा दिएर एमालेको राजनीतिमा होमिएका यादव २०४८ र ५१ सालको निर्वाचनमा उम्मेदवार थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार ००:००  १० : ०३ बजे