२ असार २०८२, सोमबार | Tue Jun 17 2025

झापा गोल्डकपद्वारा पत्रकार सहारा उपचार कोषलाई एकलाख ११ हजार




झापा-नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ लाई झापा गोल्डकपले सहयोग प्रदान गरेको छ । छैठौं झापा गोल्डकप’ उद्घाटन समारोहको अवसर पारेर शनिवार झापा गोल्डकपले १ लाख ११ हजार १११ रुपैयाँको चेक प्रदान गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र प्रमुख अतिथि सभामुख देवराज घिमिरेले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई चेक प्रदान गरेका छन् ।

पत्रकारको उपचारका लागि स्थापना गरिएको कोषको रकम १ करोड नजिक पुगेको महासंघका उपाध्यक्ष केशव भट्टराईले बताए ।

गोल्डकपलाई सफल बनाउन झापाली पत्रकारहरूले ठूलो सहयोग गरेको भन्दै छैठौं गोल्डकपको प्रिइभेन्ट प्रेस मिटमा अध्यक्ष बस्नेतले उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ००:००  ४ : ३० बजे