१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सम्पत्ति विवरण बुझाउन सहकारी विभागको निर्देशन



झापा-सहकारी विभागले सम्पत्ति विवरण बुझाउन सहकारी संस्थाका सञ्चालकलाई निर्देशन दिएको छ । विभागले अविलम्व विवरण बुझाउन सहकारी संस्थाहरुलाई सार्वजनिक अपिल गरेको हो ।

सहकारी संस्थाहरुलाई थप नियमन गर्दै लैजाने तीति अनुसार विभागले सञ्चालकसँग सम्पत्ति विवरण मागिरहेको छ । विभागीय निर्देशन बमोजिम सहकारी संस्थाहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा सम्पत्ति विवरण बुझाइरहेका छन् ।

विभागले माघ दोस्रो साताभित्र विवरण बुझाइसक्न भनेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार ००:००  ९ : ५९ बजे