२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

झापामा छोराले गरे बाउको हत्या



दमक–झापाको कमल गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । कमल गाउँपालिका–४ का आशिष तामाङले दाउले हानेर बाबु भोलाकुमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाबुको हत्यापछि फरार भएको तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । घटनास्थलमा दमक प्रहरीको टोली खटिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ००:००  ९ : १६ बजे