१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

ब्राउन सुगरसहित बिर्तामोडका दुई युवा पक्राउ



बिर्तामोड-लागूऔषध ब्राउन सुगरसहित झापाको बिर्तामोडबाट मंगलवार अपरान्ह दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिर्तामोड–३ का सन्तोष भनिने तेजबहादुर राई र राज भनिने कृष्ण लिम्वू रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । बिजुली अफिस छेउ सुरेश अग्रवालको घर प्यासेजबाट उनीहरु समातिएका हुन् ।

डीएसपी रिजालका अनुसार शंका लागेर प्रहरी खानतलासी गर्दा राईको दाहिने मुठ्ठीमा १० ग्राम पाँचसय मिलिग्राम ब्राउन सुगर फेला परेको हो । प्रहरीले उनीहरुका साथबाट दुई थान मोवाइल पनि बरामद गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाको सहयोगमा पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानसहित कार्वाहीका लागि अनारमनी प्रहरीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार ००:००  १० : ४२ बजे