१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

दमकमा आठ महिने शिशुको हत्या



बिर्तामोड-झापाको दमकमा ८ महिने बालकको हत्या भएको छ। दमक ३ बेलडाँगी भुटानी शरणार्थी शिविरका आठ महिने शिशु एरित ओलीको हत्या भएको हो ।

शिविरका पञ्चवीर घिसिङले पछारेर ती शिशुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनापछि प्रहरीले घिसिङलाई पक्राउ गरेको छ।

दमक अस्पताल हुँदै किओच बाल अस्पतालमा उपचारका क्रममा ती शिशुको ज्यान गएको हो।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार ००:००  ४ : ५९ बजे