१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एमाले अध्यक्ष ओली शनिवार झापा आउँदै



दमक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार झापाको दमक आउने भएका छन् । पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओली गृह जिल्ला झापा आउन लागेका हुन् ।

अध्यक्ष ओलीको गृह नगर दमकमा कार्यकर्ता प्रशिक्षण आयोजना गरिएको छ । राजधानीको व्यस्त कार्यतालिका पन्छाएर ओली कार्यकर्ता प्रशिक्षणमा आउन लागेको जनाइएको छ ।

कार्यकर्ता प्रशिक्षणपछि एमाले अध्यक्ष ओलीले गौरीगञ्जमा स्थापना भएको गार्मेन्ट उद्योगको अवलोकन गर्ने कार्यक्रम पनि राखिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ००:००  ९ : १४ बजे