१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

श्रीमती मारेर आत्महत्या



मोरङ– मोरङको बेलबारीमा मंगलबार राति एकजना महिलाको हत्या भएको छ । बेलबारी नगरपालिका १ भेडा टोलकी ४५ वर्षीय गीता लिम्बुको हत्या भएको प्रहरीले जनाएको हो ।

श्रीमान बमबहादुर लिम्बुले धारिलो हतियारले हानेर श्रीमती गीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनले छोरालाई समेत आक्रमण गर्न खोजेका थिए ।

श्रीमतीको हत्यापछि बमबहादुरले त्यही हतियारले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको देखिएको छ । सामान्य घरायसी झगडा विवादमा परिणत हुँदा श्रीमान श्रीमती दुवैको ज्यान गएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार ००:००  ११ : २५ बजे