१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पाथीभरामा भक्तजनले चढाए आठ करोड रुपैयाँ भेटी




फुङलिङ-ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साढे आठ करोड रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले फुङलिङमा बिहीबार पत्रकार सम्मेलन गरी भेटीको विवरण सार्वजनिक गरेको हो ।

समितिका अनुसार भक्तजनले पाथीभरामा मंसिर मसान्तसम्म आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रुपैयाँ भेटी चढाएका छन् । कात्तिक र मंसिरमा मात्र ६८ लाख ११ हजार एक सय १० रुपैयाँ भेटी संकलन भएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार संकलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मंसिर मसान्तसम्ममा १० लाख ७० हजार सात सय ८७ रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार ००:००  ८ : २१ बजे