१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

आदिवासी समुदायले मनाए ‘भाक्का’ दिवस



झापा-पूर्वी तराईका आदिवासीले आइतवार ‘भाक्का’ दिवस मनाएका छन् । झापाका अलग–अलग स्थानमा कार्यक्रम गरी उनीहरुले भाक्का दिवस मनाएका हुन् । केही वर्षयता झापामा भाक्का दिवस मनाउन थालिएको हो ।

भाक्का दिवसको दिन कतिपय स्थानीय तहले सार्वजनिक बिदा पनि दिएका छन् । भाक्का आदिवासी समुदायको प्रिय खाजा हो । चामलको पिठोबाट बनाइएको बिहानीको यो खाजा अहिले आदिवासी समुदायमा मात्र सीमित छैन् ।

भाक्काको बढ्दो लोकप्रियताले आदिवासी समुदाय उत्साहित छन् । परम्परागत संस्कृतिका रुपमा भाक्का खाने चलन आदिवासी समुदायमा छ ।

जाडो मौसममा खास गरी बिहानको समयमा आदिवासी महिलाले चोक बजारमा भाक्का बेच्दै आएका छन् । झापाको बिर्तामोड र भद्रपुरमा भाक्का दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार ००:००  ७ : ०५ बजे