१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जाजरकोटमा औषधि अभाव : स्वास्थ्यकर्मी पनि छैनन्, भूकम्पका घाइतेको रुवाबासी



झापा–जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार र राहतका लागि कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । जिल्लमा औषधि पनि छैन् ।

सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । औषधि अभावमा भूकम्पका घाइतेको उपचारमा कठिनाई भएको छ ।

रुवाबासीमा पीडित र घाइतेले रात बिताएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको भूकम्पबाट भएको ५१ जनाको मृत्यु भएको विवरणहरु आइरहेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  ४ : ५३ बजे