१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चियामा ज्याला विवाद : ‘सिजनमा मात्र होइन सधैँ आन्दोलनको विकल्प खुला छ’



बिर्तामोड- नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघले सरकारले वृद्धि गरेको चिया श्रमिकको ज्याला कार्यान्वयनका लागि उद्योगीहरु तयार नभए आन्दोलनको विकल्प नहुने जनाएको छ ।

बढाएको ज्याला कार्यान्वयनका लागि सरकार आफैँ लाग्नु पर्ने बताउँदै कृषि तथा बगान क्षेत्र श्रमिक संघले आन्दोलनको विकल्प सधैँ खुला राखिएको जनाएको हो ।

ज्याला कार्यान्वयन नभए सिजनमा मात्रै होइन सधैँ आन्दोलन हुने कृषि तथा बगान क्षेत्र श्रमिक संघका राष्ट्रिय संयोजक सन्तकुमार राईले बताए ।

सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि उद्योगी तयार हुनुको विकल्प नभएको जनाउँदै तोकिए अनुसार सञ्चय कोषको सुविधा पनि चिया श्रमिकले पाउनु पर्ने माग संयोजक राईको छ ।

चिया बगान र प्रशोधन कारखानामा काम गर्ने चिया श्रमिकले अहिले दैनिक ४३५ रुपैयाँ ज्याला पाउँछन् । यसमा वृद्धि गर्दै सरकारले साउन १ गतेदेखि लागू हुने गरी चिया श्रमिकलाई दैनिक ५०० रुपैयाँ ज्याला दिनुपर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार ००:००  २ : १८ बजे