१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

देवी माविलाई एक्सिलेन्स एजुकेशन अवार्ड



बिर्तामोड- केन्द्रविन्दु डटकम प्रालिले बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेशन अवार्ड विशेष शैक्षिक सम्मान’ प्रदान गरेको छ ।

काठमाडौँमा आयोजित कार्यक्रमका बीच देवी माविसहित देशभरका २२ वटा सामुदायिक विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो ।

प्रधानाध्यापक अम्बिका श्रेष्ठले उच्चतम शैक्षिक प्रतिफल प्राप्त गर्न सफल विद्यालयको रुपमा देवी माविलाई सम्मान गरिएको बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष वनका अनुसार देवी माविमा हाल तीनहजार आठसय बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ००:००  ८ : १७ बजे