१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चारपानेमा असोज २५ देखि दोस्रो एकता स्पोर्टिङ गोल्डकप



बिर्तामोड-झापा बिर्तामोड-२ को एकता स्पोर्टिङ क्लवको आयोजनामा असोज २५ गतेदेखि फुटवल प्रतियोगिता हुने भएको छ । क्लवले दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नकआउट प्रणालीका आधारमा गोल्डकप प्रतियोगिता सञ्चालन हुने क्लवका अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लवले शनिवार अपरान्ह पत्रकार सम्मेलन गरी प्रतियोगिताको प्रारम्भिक तयारीबारे जानकारी दिएको हो ।

बीर अमरसिंह माविको खेल मैदानमा कात्तिक ३ गतेसम्म सञ्चालन हुने गोल्डकप प्रतियोगितामा झापा जिल्लाभरका आठ वटा टीमको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष पौडेलले बताए ।

आर्थिक समितिका सदस्य लक्ष्मीप्रसाद घिमिरेका अनुसार प्रतियोगिताको बिजेताले एकलाख ११ हजार एकसय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ। दोस्रो पुरस्कारको राशि ५५ हजार पाँचसय ५५ रुपैयाँ छ ।

क्लवको टेक्निकल कमिटीका अध्यक्ष माधव खरेल व्यवसायिक खेलाडी उत्पादनको लक्ष्य राखेर स्थापना भएको क्लवले आवश्यक स्रोत जुटाउने गरी प्रतियोगिता सञ्चालनको तयारी गरेको बताउँछन् ।

‘क्लवले १६ वर्ष भन्दा मुनिका बालबालिकालाई प्रशिक्षण दिइरहेको छ’, खरेलले भने, ‘व्यवसायिक खेलाडी उत्पादनको लक्ष्य राखेर चलाइएको प्रशिक्षणले धेरै बालबालिका लाभान्वित भएका छन् ।’

पत्रकार सम्मेलनमा टेक्नीकल कमिटीका सदस्यहरु देवी काफ्ले, राजन सिलवाल, रमेश उप्रेती, आर्थिक समितिका सदस्य गोविन्द गिरी, बिर्तामोड नगर खेलकुद विकास समिति वडा नम्वर २ की अध्यक्ष कमला लिम्वू लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार ००:००  ६ : ५१ बजे