९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

‘नवीन राप्रपा’का लागि सातै प्रदेशमा तोकिए संयोजक



काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयन गर्न अध्यक्ष लिङ्देनले सात वटै प्रदेशमा संयोजक तोकेका हुन् ।

प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ७५३ स्थानीय तहमा केन्द्रीय नेतालाई जिम्मेवारी दिने निर्णय पनि गरेको जानकारी दिए ।

उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश, उपाध्यक्ष बुद्धिमान तामाङलाई मधेस प्रदेश, उपाध्यक्ष विक्रम पाण्डेलाई बागमती प्रदेश, उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई गण्डकी प्रदेश संयोजक, रवीन्द्र मिश्रलाई लुम्बिनी प्रदेश, उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई कर्णाली प्रदेश र उपाध्यक्ष उद्वव पौडेललाई सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ ।

राप्रपाले केन्द्रीय नेताहरूलाई यसरी खटाइएको यो पहिलो पटक हो । सबै प्रदेश संयोजक र भूगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको लागि तय भएको राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ००:००  ७ : ३३ बजे