५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

सुन्दरलालको हत्या गरेर भारततिर भागेका थिए दाजुभाई



काँकडभिट्टा-झापाको मेचीनगर–८ का सुन्दरलाल किसानको हत्यामा संलग्न दुई दाजुभाईलाई प्रहरीले फकाएर भारतबाट बोलाएको खुलेको छ । हत्यापछि उनीहरु भारततर्फ भागेका थिए ।

स्थानीय रामजी किसान र सुनरसी किसानलाई प्रहरीले भारतबाट फकाएर बोलाई पक्राउ गरेको हो । आफन्त र नातेदारसँग समन्वय गरी प्रहरीले उनीहरुलाई नेपाल फर्काएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।

आपसी झगडामा उनीहरुले सुन्दरलालको ज्यान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । फलामको रडको खन्ती र सिक्कलले हानेर सुन्दरलाललाई मारेको अभियुक्तले बयान दिएको प्रहरी दावी छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार ००:००  ८ : ३३ बजे