बिर्तामोड-अज्ञात बन्दुकधारीले एकजना भारतीय पत्रकारको हत्या गरेको छ । पूर्वी राज्य विहारमा शुक्रबार विमलकुमार यादवको हत्या भएको हो ।
३५ वर्षीय पत्रकार यादव स्थानीय हिन्दी पत्रिका दैनिक जागरणमा कार्यरत थिए । घरमै आएर बन्दुकधारीले पत्रकार यादवमाथि गोली हानेको प्रहरीले जनाएको छ ।
पत्रकार यादव अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्रमा बस्दै आएका थिए । उनको छातीमा गोली हानिएको हो । घटनाप्रति बिहारका मुख्यमन्त्री नीतिशकुमारले दुःख व्यक्त गरेका छन् ।
पत्रकार हत्याको घटनामा दोषी जो कोहीलाई नछोडिने बताउँदै प्रभावकारी अनुसन्धान गर्न मुख्यमन्त्रीले प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।