१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हल्दिबारी-५ को नयाँ प्रशासनिक भवन उद्घाटन



हल्दीवारी- हल्दिबारी गाउँपालिका–५ को नयाँ प्रशासनिक भवन शुक्रवार उद्घाटन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भवन उद्घाटन गरेका हुन् ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको अध्यक्षतामा कार्यक्रम भएकोहो । प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनका अनुसार ५४ लाख ७० हजारको लागतमा वडा कार्यालयको भवन निर्माण भएको हो ।

दुई वर्ष सात महिनामा तयार भएको भवन अपाङ्ग तथा बालमैत्री छ । ६ कठ्ठा क्षेत्रफलमा फैलिएको भवन निर्माणका लागि दाताले जग्गा उपलब्ध गराएका थिए ।

कार्यक्रममा जग्गादाताहरु दिलकुमार नेम्वाङ, एकराज राना मगर, रामप्रसाद दुलाल सन्तकुमार थापा, लाखध्वज कन्दङ्वा, मुकेश विन्दल र सन्तोषी देवी अग्रवाल, डम्बरकुमारी राईलाई दोसल्ला ओढाएर सम्मान छ ।

कार्यक्रममा पूर्व जनप्रतिनिधिहरू शेरबहादुर नेम्वाङ, नन्दलाल पराजुली, मदन तामाङ्ग, तारादेवी ढकाल र भीममाया दर्जीलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दिबारीका सबै वडाको आफ्नै भवन भएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ००:००  ९ : १० बजे