१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

सहाराले दियाे सहकारी विज्ञ प्रधानाङ्गलाई एक लाख रूपैयाँ राशिको राष्ट्रिय ब्यक्तित्व पुरस्कार



बिर्तामोड-सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई एक लाख एक हजार रूपैयाँ राशिको राष्ट्रिय ब्यक्तित्व पुरस्कार प्रदान गरेको छ ।

झापाको बिर्तामोडमा शनिवार आयोजित विशेष समारोहका बीच सहारा नेपालले नेपाल बचत तथा ऋण केन्द्रीय सङ्घका पूर्व अध्यक्ष प्रधानाङ्गलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सहकारी रजिष्ट्रार हरिबहादुर खत्री, संस्थाका अध्यक्ष हरि राजवंशी र कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले संयुक्तरुपमा प्रधानाङ्गलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

लामो समयदेखि सहकारी अभियानमा संलग्न प्रधानाङ्गकाे सहकारी प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान रहेको छ । सहारा नेपालले माइन्युट प्रमाणीकरण सभाकाे अवसरमा भक्तपुर निवासी प्रधानाङ्गलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  ३ : २६ बजे