१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

इलाममा ५०० जनालाई राष्ट्रिय परिचय पत्र बाँडिदै



इलाम-जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा पहिलोपटक राष्ट्रिय परिचय–पत्र वितरण गर्ने भएको छ । इलामका प्रमुख श्रवणकुमार पोखरेलका अनुसार आजबाट परिचय वितरण गर्न लागिएको हो ।

परीक्षणको रूपमा ५०० जनालाई परिचय पत्र वितरण गर्ने गरी एसएमएस पठाइएको प्रजिअ पोखरेलले बताउनु भयो । परिचयपत्र लिन औंठा छाप अनिवार्य भएकोले सम्वन्धित व्यक्ति अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ ।

परीक्षणको रूपम विहीवारबाट वितरण गरिने ५०० जनाको नामावली इलाम प्रशासनले आफ्नो अफिसियल फेसवुक पेजमा राखेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार ००:००  ४ : ४० बजे