१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

हेलिकोप्टर दुर्घटनामा निधन भएका क्याप्टेन सेढाईंको अन्त्येष्टि



झापा-मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको बिहीवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा गम्भीर घाइते भएका क्याप्टेन सेढाईंको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा मंगलवार निधन भएको थियो ।

क्याप्टेन सेढाईंको पार्थिव शरीर बिहीवार काठमाडौं ल्याइएको हो । क्याप्टेन सेढाईंका पत्नी, एक छोरा र एक छोरी छन् । सेढाईंलाई छोरा सौहार्दले दागबत्ती दिएका छन् ।

विभिन्न एयरलाइन्स कम्पनीसँग आबद्ध भई करिब २५ वर्ष सेवा गरेका क्याप्टेन सेढाईं लामो समयदेखि मनाङ एयरलाइन्समा वरिष्ठ क्याप्टेनका रूपमा कार्यरत थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार ००:००  ७ : ३१ बजे