८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मेची प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण



भद्रपुर–झापा उद्योग संघले भद्रपुर भन्सार सँगको समन्वयमा बिहीबार मेची प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर ८० जना बिरामीलाई स्याउ र सुन्तला बाँडेको हो ।

अस्पतालको इमरर्जेन्सी, सर्जिकल, मेडिकल र प्रसुति वार्डमा रहेका विरामीलाई फलफूल वितरण गरिएको झापा उद्योग संघका उपाध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

कार्यक्रममा भद्रपुर भन्सारका प्रमुख अमित तिवारी, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रामबाबु खड्का उद्योगी नितेश वर्मा, संघका सदस्य एवम् अग्रज निर्माण व्यवसायी केदार गिरी, भद्रपुरका सामाजिक व्यक्तित्व तथा व्यवसायी तोयानाथ गड्तौला लगायतको सहभागिता रहेको संघका प्रेस सल्लाहकार गोपाल गिरीले जानकारी बताए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार ००:००  ८ : ४१ बजे