१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु



उदयपुर : ट्रकको ठक्करबाट उदयपुरमा एक प्रहरी सहायक निरीक्षक (असई) को ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतका इन्चार्जहरूको बैठकमा सहभागी भएर कार्यक्षेत्र फर्किने क्रममा चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेमा ना ४ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिँदा ४५ वर्षीय श्रीकुमार बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।

इटहरी उपमहानगरपालिका-८ घर भयका बस्नेत सदरमुकाम गाईघाटबाट प्रदेश १-२-०५१ प ६४७८ नं को मोटरसाइकलबाट कार्यक्षेत्र बेलका नगरपालिका-२ भागलपुर फर्किँदै थिए ।

उनी प्रहरीचौकी भागलपुलमा कार्यरत रहेको डीएसपी हरिनन्दन चौधरिले बताए । उनका अनुसार चालक र सवारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ००:००  ६ : ३६ बजे