१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

भद्रपुरमा रोजगार सम्वाद मञ्च गठनको तयारी



चन्द्रगढी-भद्रपुरमा रोजगार क्षेत्रको समग्र पक्षको समुचित व्यवस्थापन गर्ने उद्देश्यले रोजगार सम्वाद मञ्च गठनको तयारी गरिएको छ ।

नगर क्षेत्रमा रोजगारीको अवसर तथा सम्भावनाको पहिचान गर्ने गरी मञ्च गठन गर्न लागिएको हो । यसका लागि मंगलवार भद्रपुर नगरपालिकाले छलफल गरेको छ ।

निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रसमेतको सहभागितामा मञ्च गठनको तयारी गरिएको नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेले बताए ।

मंगलबार सरोकारवालाबीच ‘रोजगार सम्वाद मञ्च सञ्चालन एवम् स्थानीय तह रोजगार तर्जुमा’ सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
नगरपालिकाले रोजगार सम्बाद मञ्च सञ्चालन तथा व्यवस्थापन कार्यविधिको प्रारुप तयार पारेको र छलफलको क्रममा रहेको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले रोजगारको बहुआयामिक पक्षका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ००:००  ६ : ४७ बजे