झापा– झापाको भद्रपुरमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ निवासी ५१ वर्षीय योगप्रसाद लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार बुधबार बेलुका ७ बजेको समयमा मेची राजमार्गअन्तर्गत भद्रपुर–८ स्थित नमुना टोलनजिकै दुर्घटना भएको हो ।
चन्द्रगढीबाट भद्रपुरतर्फ आउँदै गरेको मे. ७ प ७७२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।