बिर्तामोड-झापामा आजदेखि ट्राफिक सप्ताह शुभारम्भ भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनीकरण लागि ट्राफिक सप्ताह सुरु भएको हो ।
बिर्तामोडमा आयाेजित समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेलले ट्राफिक सप्ताहकाे उद्घाटन गरेका छन् ।
झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भइरहेको छ ।
