१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

उर्लावारी आगलागी घटनाका पीडितसँग एमाले अध्यक्ष ओलीको भेट



बिर्तामोड-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार उर्लावारी आगलागी घटनाका पीडितसँग भेट गरेका छन् । राजधानीस्थित कीर्तिपुर अस्पतालमा पुगेर अध्यक्ष ओलीले पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

भेटपछि एमाले अध्यक्ष ओलीले आगलागी पीडितको उपचारमा संवेदनशील हुन सरकारलाई आग्रह गरेका छन् । तिहारको बेला कात्तिक २६ गते मोरङको उर्लावारीमा भएको आगलागीमा एक दर्जन घाइते भएका थिए ।

घाइतेको झापा, मोरङ र काठमाडौँका अस्पतालमा उपचार भइरहेको छ । बिरामीलाई भेटेपछि अस्पताल प्रशासन र चिकित्सकसँग अध्यक्ष ओलीले छलफल गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ००:००  ७ : ५० बजे