८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

रुखबाट लडेर सतासीधामका राईको मृत्यु



बिर्तामोड-झापाको शिवसताक्षी नगरपालिकामा शनिबार बिहान रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । शिवसताक्षी-११ दुधेका ५९ वर्षीय गंगाराम राईको रुखबाट लडेर मृत्यु भएको हो ।

दाउरा काट्न सामुदायिक वनमा गएका राई रुखबाट लडेर घाइत भएका थिए । स्थानीयले देखेर उपचारका लागि उनलाई दमक लगिएको थियो ।

दमकस्थित आम्दा अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार ००:००  ८ : २८ बजे