झापा–विश्व स्वास्थ्य सङ्गठन दक्षिण पूर्वी एसिया क्षेत्रले टाइफाइडविरुद्धको खोप राष्ट्रिय खोप तालिकामा समावेश गर्ने निर्णय गरेको छ । क्षेत्रको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले नेपाललाई टाइफाइडमुक्त बनाउन टाइफाइडविरुद्धको खोपलाई राष्ट्रिय खोप तालिकामा नियमित समावेश गराउने निर्णय गरेको छ । नेपालमा प्रत्येक १० लाख जनसङ्ख्यामा सयजना टाइफाइडका कारण सङ्क्रमित हुने गर्छन् ।
गाभीको तथ्याङ्क अनुसार नेपालमा १५ वर्ष मुनिका बालबालिकामा ११ गुणा भन्दाबढी टाइफाइडको सङ्क्रमण देखिएको छ । टाइफाइड दूषित खानेपानीमा हुने साल्मोनेला इन्टेरिका सेरोभर टाइफी नामक किटाणुले हुने गर्छ ।