८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

भद्रपुर विमानस्थलको धावनमार्गमा स्याल देखिएपछि जहाज अवतरणमा ढिलाई



बिर्तामोड–भद्रपुर विमानस्थलको धावन मार्गमा स्याल देखिएपछि बुद्ध एयरको जहाज अवतरणमा ढिलाई भएको छ । आज साँझ सात बजे जहाज अवतरण हुन लाग्दा धावनमार्गका स्याल देखिएको हो ।

विमानस्थलको टावरले धावन मार्गमा रहेको स्याल धपाएपछि मात्रै अवतरण गर्न भनेको थियो । टावरको निर्देशन अनुसार अवतरण हुन लागेको जहाजले ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ००:००  ८ : १९ बजे