९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु



बिर्तामोड-झापाका दुई अलग-अलग स्थानमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ‌। दुर्घटनामा कन्काईका ७० वर्षीय रघुनाथ भट्टराई र अर्का एकजनाको मृत्यु भएको हो ।

कमल गाउँपालिका ४ चुलाचुली मोडमा भएको दुर्घटनामा भट्टराईले ज्यान गुमाएको प्रहरीले जनाएको छ । अर्का एक कजनाको भने शिवसताक्षीमा भएको दुर्घटनामा ज्यान गएको हो ‌। उनको नाम खुल्न बाँकी छ ।

शनिबार दिउँसो ३ः५५ बजे पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्र १–०१–०१६ प ८९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा विपरीत दिशाबाट आउदै गरेको प्र १–०१–०१६ प ७१४० नम्बरको स्कुटरसँग ठोक्किएको थियो ।

यता शिवसताक्षी नगरपालिका–१० सैनिक चोकमा साँझ ६ः०० बजे भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सैनिक चौकस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १४ च ६६०३ नम्बरको कार र बिपरीत दिशाबाट जाँदै गरेको मे १० प ७२१२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार नामथर नखुलेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार ००:००  ८ : २५ बजे