१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बीमितले १० प्रतिशत उपचार खर्च आफैँ तिर्नुपर्ने



झापा-स्वास्थ्य बीमा गराएका व्यक्तिले उपचार वापतको १० प्रतिशत रकम आफैँले तिर्नुपर्ने व्यवस्था लागू भएको छ । स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि यस्तो व्यवस्था लागू गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक प्राडा दामोदर बसौलाले १० प्रतिशत रकम बिरामी आफैँले तिर्नुपर्ने सह भुक्तानी प्रणाली माघ १ गतेदेखि लागू भएको बताए ।

बीमितले सुविधा बापतको रकम बाँकी भएको भन्दै चिकित्सकलाई ‘होलबडी’ स्वास्थ्य परीक्षण गराउन दबाब दिन थालेपछि बोर्डले सह भुक्तानीको अवधारणा अगाडि सारेको हो ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले १० प्रतिशत बीमितले तिर्नुपर्ने व्यवस्था लागू भएपछि स्वास्थ्य बीमामा सुधार हुँदै जाने बताए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार ००:००  ९ : १७ बजे