८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

‘प्रगतिशील राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ’



काठमाडौँ -नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रगतिशील राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् ‌।

नेकपाले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशलाई माया गर्नेहरु एक ठाउँमा उभिएर कार्यगत एकता गर्नुपर्नेमा जोड दिएका हुन् ‌।

प्रगतिशील र कम्युनिस्ट शक्तिहरु विभाजन हुँदा देशको विकास हुन नसकेको बताउँदै महासचिव विप्लवले फेरि जुट्नुको विकल्प नभएको दोहोर्याएका छन् ‌ ।

प्रगतिशील शक्तिहरु विभाजित हुँदा रमाएकाहरुलाई आश्चर्यचकित पार्गने री आफूहरू फेरि एक ठाउँमा उभिने महासचिव विप्लवले बताए ‌।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ००:००  ९ : १६ बजे