२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

देउनिया पुलमा दुर्घटना : मोटरसाइकल चालकको मृत्यु



बिर्तामोड-पूर्वपश्चिम राजमार्गकाे बिर्तामोड चारआली सडक खण्ड अन्तर्गत देउनिया पुल नजिक बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मे ११ प १६०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते चालकलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको थियो । लैजानासाथ चिकित्सकले उनलाई मृतक घोषित गरेका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार ००:००  ९ : ४५ बजे